गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो: बुढीगण्डकी नदी किनारको बाटो अवरुद्ध

गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो: बुढीगण्डकी नदी किनारको बाटो अवरुद्ध

  • शनिबार, कार्तिक २८, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

गोरखा, कार्तिक २९ — गोरखाको धार्चे गाउँपालिका–१ यारू पुल नजिकै बगरमा भीषण सुक्खा पहिरो गएको छ। आज (शनिबार) बिहान करिब ९ बजे अचानक पहिरो खसेको हो।

पहिरो गएको क्षेत्रमा पैदल तथा सवारी बाटो पूर्ण रूपमा बन्द भएका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्माले जानकारी दिएका छन्।

घटनाको खबर प्राप्त हुनासाथ पहिरोबारे थप विस्तृत विवरण लिन प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यता, गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पहिरो खस्दा केही छिटपुट ढुंगा र माटो बुढीगण्डकी नदीमा पुगे पनि नदी पूर्ण वा आंशिक रूपमा थुनिने कुनै पनि खतरा नरहेको बताएका छन्। स्थानीय प्रशासन र गाउँपालिकाले स्थितिमाथि नजिकबाट निगरानी राखेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ