चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेनसँग रास्वपा सांसदहरूको छलफल

चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेनसँग रास्वपा सांसदहरूको छलफल

  • शुक्रबार, कार्तिक २७, २०८३
  • मिर्मिरे अनलाइन

  • 57
    SHARES

काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको टोलीले प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बिहान सवा ११ बजेदेखि छलफल भइरहेको हो। चीन भ्रमणमा निस्कनुअघि सांसदहरूले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।

रास्वपाका २० जना सांसद आगामी आइतबार (२९ कात्तिक) चीन भ्रमणमा जाने कार्यक्रम छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाको प्रतिनिधिमण्डल चीन जान लागेको हो। टोलीको भ्रमण ११ दिनको हुनेछ।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जाने टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० जना सांसद सहभागी छन्।

भ्रमण टोलीमा लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा रहेका छन्।

भ्रमणका क्रममा सांसदहरूले चीनका विभिन्न सहरको अवलोकन गर्ने कार्यक्रम छ। उनीहरूले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका स्थानको भ्रमण गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ