युएईमा सामाजिक सञ्जालमा युद्ध सम्बन्धि अफवाह फैलाएको भन्दै सात नेपाली पक्राउ

युएईमा सामाजिक सञ्जालमा युद्ध सम्बन्धि अफवाह फैलाएको भन्दै सात नेपाली पक्राउ

  • शुक्रबार, चैत्र ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

६ चैत, काठमाडौं । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन् ।
इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ ।

आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको हो ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यूएईमा हालसम्म ७ नेपालीलाई पक्राउ गरिएको जानकारी आएको बताए । उनका अनुसार यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका हुन् ।

परराष्ट्र मन्त्रालयले फोटो, भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै आएको छ ।
यूईएले यसअघि नै इरानको आक्रमणसँगै त्यस्ता खालका फोटो तथा भिडियो पोस्ट नगर्न अनुरोध गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी