एनआरएनएको अध्यक्ष हेमराज शर्मालाई बनाउने सहमति, पदाधिकारी टुंगिन बाँकी

एनआरएनएको अध्यक्ष हेमराज शर्मालाई बनाउने सहमति, पदाधिकारी टुंगिन बाँकी

  • आइतवार, चैत्र १, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

१ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनले हेमराज शर्मालाई अध्यक्ष चयन गर्ने भएको छ ।शनिबारबाट काठमाडौंमा जारी महाधिवेशनबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्ने सहमति भएको एक पदाधिकारीले जानकारी दिए । विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलगअलग कार्यसमिति बनेका थिए ।

विभाजित अवस्थामा बेग्लाबेग्लै गतिविधि गर्दै आएका गैरआवासीय नेपालीहरूका दुई संस्थाबीच गत मंसिर दोस्रो साता एक भएर अघि बढ्ने सहमति भएको थियो । केसी र श्रेष्ठबीचका दुई संस्थाबीच एकताको लागि पटकपटक प्रयास भएका भए पनि सफल हुन सकेको थिएन ।

मंसिरमा भएको सहमतिसँगै दुई कार्यसमिति एकीकरण भएपछि दुवै अध्यक्षको पद कायम गरी महाधिवेशन गरिएको हो । महाधिवेशनले दुवै पक्षबाट ५०/५० प्रतिशतका दरले पदाधिकारी र कार्यसमिति चयन गर्ने सहमति भएको ती पदाधिकारीले बताए ।  सहमति अनुसार, एक अध्यक्ष र दुई महासचिवको पद रहने छ ।

उपाध्यक्ष र अन्य पदाधिकारीको संरचना कस्तो रहने भन्नेबारे अझै सहमति भइसकेको छैन ।

हालसम्म उपाध्यक्षमा श्रेष्ठ समूहबाट बुद्धिसागर सुवेदी, मनोज गोर्खाली, लोक दाहाल तथा केसी समूहबाट रोविन शेरचन र रोजिना प्रधान राईको नाममा सहमति भइसकेको स्रोतले बतायो ।

हाल दुई युवा उपाध्यक्षसहित आठ जना उपाध्यक्षको पद रहेकोमा यो थपिन पनि सक्ने ती पदाधिकारी बताउँछन् ।

महासचिव पदमा केसी समूहबाट डा. चिरञ्जिवि खड्काको नाम तय भइसकेको तर श्रेष्ठ समूहको नाममा सहमति जुट्न बाँकी रहेको स्रोतको भनाइ छ । यसअघि अध्यक्ष पदमा शर्मासहित रोविन शेरचन र रविन बज्राचार्यले दाबी गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी