उदयपुरका थापाले. श्रीमती र छोरीको हत्या गरे, प्रहरी ईन्काउन्टरमा उनको पनि मृत्यु

उदयपुरका थापाले. श्रीमती र छोरीको हत्या गरे, प्रहरी ईन्काउन्टरमा उनको पनि मृत्यु

  • मङ्लबार, फाल्गुन १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

उदयपुर बेलका नगरपालिकाका एक बुबाले अमेरिकामा आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् । प्रहरीको ईन्काउन्टरमा उनको पनि मृत्यु भएको छ । उनको छुरा प्रहारबाट ज्वाई घाईते भएका छन् । अमेरिकाबाट सञ्चालित समाचार पोर्टल नेपयोर्कका अनुसार, फेयरफ्याक्स काउन्टी, भर्जिनियामा सोमबार बिहान यो घटना भएको हो ।

मिलन भनिने ५० वर्षे छत्रबहादुर थापाले पर्सिमोन ड्राइभस्थित आफ्नै अपार्टमेन्टभित्र १० इन्च लामो धारिलो हतियार प्रयोग गरी आफ्नी श्रीमती बिन्दा र छोरी ममताको ज्यान लिएको आरोप छ ।

स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे घरेलु हिंसासम्बन्धी सूचनापछि प्रहरी घटनास्थलमा पुगेको थियो । त्यहाँ पुगेपछि प्रहरीले देखेको दृश्यलाई फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले ‘कल्पना गर्न नसकिने अत्यन्त भयावह र हृदयविदारक’ भनेर वर्णन गरेका छन् ।
थापाका ज्वाइँ ३५ वर्षे सन्तोषकुमार बस्नेतले बाहिर गाडीबाट हिउँ हटाउँदै गर्दा घरभित्रको कोलाहल सुनेपछि ९११ मा फोन गरेका थिए । हतारिँदै भित्र पस्दा उनले आफ्नी ३१ वर्षीया श्रीमती ममता थापा र ५१ वर्षीया सासू बिन्दा थापालाई रगतले लतपत अवस्थामा भेट्टाएका थिए ।
त्यसपछि थापाले ज्वाइँ बस्नेतमाथि पनि आक्रमण गरे, जसका कारण बस्नेत गम्भीर घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रहरीले थापालाई बस्नेतमाथि आक्रमण गरिरहेकै अवस्थामा भेटेको थियो । पटक–पटक हतियार छोड्न आदेश दिए पनि नमानेपछि प्रहरीले गोली चलाएको थियो, जसबाट घटनास्थलमै थापाको मृत्यु भएको छ ।

घरभित्र रहेका एक वर्षका शिशु भने सकुशल छन् । अनुसन्धानकर्ताहरूले परिवारसँग सम्बन्धित कुनै अघिल्लो आपराधिक इतिहास वा प्रहरीमा दर्ता उजुरी नभेटिएको बताएका छन् । डीभीमार्फत गएकी छोरीले दसैँपछि आफ्ना बुबा र आमालाई अमेरिका घुमाउन लगेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी