मेघालयमा कोईलाखानी विष्फोटमा मृत्यु हुने नेपालीको संख्या चार पुग्यो

मेघालयमा कोईलाखानी विष्फोटमा मृत्यु हुने नेपालीको संख्या चार पुग्यो

  • मङ्लबार, माघ २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

भारत । भारतको मेघालय राज्यको पूर्वी जयन्तिया हिल्स जिल्लामा रहेको अवैध कोइलाखानीमा भएको विस्फोटमा ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ।

सुरुमा खोटाङका तीन जना नेपाली युवाको मृत्यु भएको पुष्टि भएको थियो भने एक जना बेपत्ता रहेको खबर आएको थियो। पछि थप जानकारी अनुसार बेपत्ता रहेका नेपालीको पनि मृत्यु पुष्टि भएसँगै मृतकको संख्या चार पुगेको हो।

बेपत्ता भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम जोरकाफलका ५० वर्षीय रत्न राईको शव अस्पतालमा जलेको अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ। शवको जीउडालका आधारमा पहिचान गरिएको बताइएको छ। विनाशकारी डाइनामाइट विस्फोटपछि उनी बेपत्ता भएका थिए। राई रोजगारीका लागि गत असोज ९ गते मेघालय गएका थिए।

यसअघि माघ २२ गते सोही क्षेत्रमा भएको विस्फोटमा खोटाङकै बराहपोखरी गाउँपालिका–१, बराहपोखरी सालघारीका २७ वर्षीय पूर्णबहादुर खपाङ्गी, २४ वर्षीय सुरेन्द्र खपाङ्गी र ३५ वर्षीय नरबहादुर खपाङ्गीको मृत्यु भएको पुष्टि भएको थियो।

विस्फोटमा अन्य नेपाली गम्भीर घाइते भएका छन्। विष्फोटमा दर्जनौं कामदार कोइलाखानीमै फसेको अनुमान छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी