ईरानको यात्रा नगर्न र त्याहाँ रहेका नेपालीहरुलाई देश छाड्न सरकारको आग्रह

ईरानको यात्रा नगर्न र त्याहाँ रहेका नेपालीहरुलाई देश छाड्न सरकारको आग्रह

  • आइतवार, माघ १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं । सरकारले इरानमा यात्रा नगर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार एड्भाइजरी जारी गर्दै इरानमा यात्रा नगर्न आग्रह गरेको हो। त्यस्तै इरानमा रहेका नेपालीहरूलाई तत्काल देश छोड्न आग्रह गरिएको छ।

इरानमा विकसित हुँदै गएको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारले उक्त आग्रह गरेको हो।

अवस्था सामान्य नहुँदासम्म इरान जाने सबै योजना स्थगित गर्नसमेत अनुरोध गरिएको एड्भाइजरीमा उल्लेख छ।

त्यस्तै हालः इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकलाई उपलब्ध सबै माध्यम प्रयोग गरी सकेसम्म चाँडो सुरक्षित रूपमा देश छोड्न सरकारले आग्रह गरेको छ। त्यहाँ रहेका नेपाली नागरिकलाई आपतकालीन अवस्थामा सहज रूपमा बाहिरिनका लागि राहदानी, परिचयपत्रलगायत आवश्यक यात्रा कागजात तयारी अवस्थामा राख्न समेत अनुरोध गरिएको छ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले २०२६ जनवरी १३ मा जारी गरेको ट्राभल एडभाइजरीलाई पनि ध्यान दिन आग्रह गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी