मन्त्री गुप्तासंग सम्वन्धीत कुनै कार्यक्रम आयोजना गरिएको छैन् – एनआरएनए अमेरिका

मन्त्री गुप्तासंग सम्वन्धीत कुनै कार्यक्रम आयोजना गरिएको छैन् – एनआरएनए अमेरिका

  • शुक्रबार, पुस २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 21.3K
    SHARES

अमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका(सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको आयोजनामा हुन लागेको भन्ने बिषयमा औपचारीक धारणा प्रस्तुत गरेको छ । युवा तथा खेलकुद मन्त्रि बब्लु गुप्ताको अमेरिका भ्रमण र यस बिषयमा आएका चर्चाका बिषयमा एक प्रेस विज्ञप्ती जारी गर्दै, एनआरएनए अमेरिकाले कुनै कार्यक्रम आयोजना नगरेकोे र मन्त्रि गुप्तालाई निमन्त्रणा नदिएको स्पष्ट पारेको छ । विज्ञप्तीमा आफ्नो नाम, लोगो, इआईएन नम्बर तथा डिजिटल पहिचान दुरुपयोग गरी केही व्यक्ति वा समूहले अवैध तथा अनधिकृत गतिविधि सञ्चालन गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

एनआरएन अमेरिकाले जारी गरेको प्रेस विज्ञप्ति मै संघ संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था भएको उल्लेख गर्दै, संस्थाको नाम र पहिचान प्रयोग गरी गरिने कुनै पनि अनधिकृत गतिविधिले गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठागत जोखिम सिर्जना गर्ने बताइएको छ।

विज्ञप्तिमा भनिएको छ, एनआरएन अमेरिका को आधिकारिक जानकारी, स्वीकृति तथा निर्णय बिना कुनै पनि व्यक्ति वा समूहले संस्थाको नाम, ईआईएन नम्बर, वेबसाइट वा डिजिटल प्लेटफर्म प्रयोग गरी कार्यक्रम, आर्थिक संकलन वा अन्य गतिविधि सञ्चालन गर्नु गैरकानुनी हो र त्यसको पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा समूह स्वयं हुनेछन्। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरिएको छैन, न त एनआरएन अमेरिकाले अमेरिकामा कुनै युवा सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । संस्थाका प्रवक्ता सन्देश उप्रेतीले जारी गरेको विज्ञप्तीमा विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी गतिविधिबारे अमेरिकी होमल्याण्ड सेकुरेटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइसकिएको संघले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी