सुशीला कार्कीको सरकार असंवैधानिक, गौरी बहादुर कार्कीको आयोगमा बयान दिन जान्न : ओली

सुशीला कार्कीको सरकार असंवैधानिक, गौरी बहादुर कार्कीको आयोगमा बयान दिन जान्न : ओली

  • आइतवार, कार्तिक २, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको जिकीर गरेका छन्।
आइतबार सम्पादकहरूसँग ओलीले भने, ‘यो सरकार असंवैधानिक छ। यो सरकारले चुनाव गराउन चाहँदैन। त्यो तमासा हो, नाटक हो, त्यो संविधानले चिन्दैन।’

पूर्वप्रधानन्यायधीश कार्की प्रधानमन्त्री बन्नु असंवैधानिक भएको ओलीको तर्क छ।

पूर्वप्रधानन्यायाधीशले मानवअधिकार बाहेक अरु कामको जिम्मा लिन मिल्दैन। कुनै राजनीतिक नियुक्ति लिन मिल्दैन। मन्त्री खान मिल्दैन’ उनले भने, ‘पहिलो गासमै असंवैधानिक क्रियाकलाप भएको छ। नियुक्तिको प्रक्रिया, नियुक्त हुने व्यक्ति नै असंवैधानिक छ। अनि मैले के संवैधानिकै भको छ भन्नुपर्ने ? डराएर झुट बोल्नुपर्ने ?

उनले आफूहरूलाई थुन्ने प्रयासमा सरकार रहेको भन्दै आक्रोश व्यक्त गरे।

यसै गरी उनले पूर्व न्यायधीश गौरी बहादुर कार्की नेतृत्वमा बनेको भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न बनेको आयोगमा आफू बयान दिन नजाने स्पष्ट पारेका छन् ।

भदौ २३ गते भएको सरकारी दमनमा २१ जना युवाहरुको हत्या भएको भन्दै आक्रोशित भीडले २४ गते देशका सबै जसो सरकारी संरचना जलाएका थिए ।

यी दुबै घटनाको जाँचबुझ आयोगले छानविन गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी