काठमाडौं । हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित चार मृतक बन्धकको नाम सार्वजनिक गरेको छ। हमासको सैन्य शाखाले चार मृतक बन्धकको नाम पुष्टि गर्दै शव आज फिर्ता गर्ने घोषणा गरेको हो।
हमासको सैन्य शाखाका अनुसार फिर्ता गरिने चार बन्धकका शवमा विपिनसहित इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन्।
यसअघि आज बिहान इजरायली अधिकारीहरूले जोशी जीवित नरहेको जानकारी गराएका थिए। इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी र सेनाले जोशी जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावासलाई गराएका हुन्।
हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline