जेन–जी आन्दोलनका क्रममा सँगै आएका साथिलाई प्रहरीले गोली हानेर मारेपछि आक्रोशित भएका जेनजी युवाहरुले रगतको मुल्य माग्दै प्रदर्श गरेका छन् । जेन–जी आन्दोलनका क्रममा सोमबार नयाँ बानेश्वर दिनभर रणमैदानमा परिणत भयो। प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तीमा १८ जना युवाले ज्यान गुमाए भने सयौं घाइते भए। सडकभरि रगत पोखियो, साथीले साथी गुमाए, आक्रोशले वातावरण चर्कियो।
‘अब कसरी घर जाने ? मेरो साथी खोई सरकार ! रगतको हिसाब चाहिन्छ,’ एक प्रदर्शनकारीले गोली लागेर ढलेका साथीलाई समात्दै रोष पोखे।
आन्दोलनमा सहभागी जेन–जी युवाहरूले सरकारप्रति प्रश्न उठाउँदै भने, ‘हामी व्यवस्था विरोधी होइनौं। गणतन्त्र आयो, तर कसको लागि आयो ? नेताका छोराछोरीका लागि मात्र आयो। हामीले के पायौं ? वर्षौं भयो बुटवल जाने बाटो बनेको छैन। नेता जहाजमा उड्छन्, तर हामीसँग घर फर्कने बाटो पनि छैन।’
अस्पतालमा घाइते पुर्याएर फर्किएका अर्को युवाले भने, “यो मेरो शरीरमा लागेको रगत हाम्रै साथीको हो। हामीले यो चाहेका होइनौं। हाम्रो साथीको रगतको मूल्य चाहिन्छ।”
यो पनि पढ्नुहोस्
घाइतेको चाप बढेपछि सिभिल, केएमसी र ट्रमा सेन्टरमा सैनिक अस्पतालबाट डाक्टर–नर्स मगाईयो