नयाँबानेश्वर क्षेत्र बन्यो रणमैदान, शंखमुल कमर्श क्याम्पस र शान्तिनगरक्षेत्रमा जेन्जी माथि दर्जनौ गोली प्रहार

नयाँबानेश्वर क्षेत्र बन्यो रणमैदान, शंखमुल कमर्श क्याम्पस र शान्तिनगरक्षेत्रमा जेन्जी माथि दर्जनौ गोली प्रहार

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, २३ भदौ । राजधानीको नयाँबानेश्वर क्षेत्र आइतबार अपराह्न रणमैदानझैँ बनेको छ । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा शंखमुलस्थित कमर्श क्याम्पस र शान्तिनगर क्षेत्र आसपासमा उत्पन्न तनावपछि जेन्जीमाथि प्रहरीले दर्जनौँ गोली प्रहार गरेको छ ।
अहिलेसम्म १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् ।

काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू सडक प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंमा कर्फ्यू जारी हुँदा पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् ।

संघीय संसद भवनमा प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा मृतक र घाइतेको संख्या लगातार बढिरहेको छ । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ । भने १०० जना घाइतेको उपचार भइरहेको छ ।

सिभिलबाट १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ । मन्त्रालयका अनुसार वीर अस्पतालमा ६ जना घाइतेको उपचार चलिरहेको छ ।

ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते उपचारत छन् । मन्त्रालयका अनुसार ट्रमा सेन्टरमा विपद् योजना लागू गरिएको छ ।

एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने ३४ घाइते उपचारत रहेका छन् । यस्तै जसमध्ये ७ जनाको अवस्था गम्भीर छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना घाइते उपचारत छन् काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल ९केमएसी०मा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइतेको उपचार भइरहेको छ ।

केएमसीमा ६ जना गम्भीर घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचारत छन् ।

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन् । काठमाडौं उपत्यकाबाहिर पोखराको गण्डकी अस्पतालमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र झापाको दमकमा ७ जना घाइतेको उपचार भइरहेको छ ।

भर्खरै इटहरीमा समेत प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी