सिभिल अस्पताल हाताभित्रै प्रहरी धरपकड, इमर्जेन्सी भवनको अगाडि नै गोली र अश्रुग्याँस प्रहार (भिडियोसहित)

सिभिल अस्पताल हाताभित्रै प्रहरी धरपकड, इमर्जेन्सी भवनको अगाडि नै गोली र अश्रुग्याँस प्रहार (भिडियोसहित)

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

२३ भदौ, काठमाडौं । जेनजी आन्दोलनकारी उपचाररत सिभिल अस्पताल परिसरभित्रै प्रहरी पसेर धरपकड गरेको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी अस्पताल हाताभित्रै प्रवेश गरेको हो ।

बानेश्वर क्षेत्रमा प्रदर्शनको क्रममा घाइते भएकाहरुको उपचार नजिकैको सिभिल अस्पतालमा भइरहेको छ । घाइतेहरुलाई लैजाने क्रममा प्रदर्शनकारी पनि प्रवेश गर्ने र उनीहरुलाई पछ्याउँदै प्रहरी पनि प्रवेश गरेर धरपकड गरेको हो ।

अहिले अस्पतालको अवस्था निकै तनावपूर्ण रहेको एक स्वास्थ्यकर्मीले जनाएका छन् । प्रहरीले प्रदर्शनकारीलाई इमर्जेन्सी भवनको अगाडि नै गोली र अश्रुग्याँस प्रहार गरेको छ । उपचारमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले नै अश्रुग्याँस खानुपरेको छ ।, उनले भने

प्रहरीहरु अहिले पनि अस्पताल परिसरभित्र छन् । उनीहरुले माइकिङ प्रदर्शनकारीलाई बाहिर निस्किन भनिरहेका छन् । चिकित्सकहरुले भने प्रहरीलाई अस्पताल हाताबाट बाहिरिन आग्रह गरेका छन् । तर प्रहरीहरु रोकिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी