२३ भदौ, काठमाडौं ।
जेनजी युवाहरूको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार भइरहेका काठमाडौंका विभिन्न अस्पतालमा जनशक्ति अभाव भएपछि सैनिक अस्पतालबाट चिकित्सक र नर्सहरू खटाइएको छ।
सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज (केएमसी) र त्रिवि शिक्षण अस्पताल अन्तर्गतको ट्रमा सेन्टरमा घाइतेहरूको संख्या बढेसँगै उपचारमा संलग्न स्वास्थ्यकर्मी अपुग भएपछि सेना अस्पतालसँग सहयोग मागिएको हो।
आइतबार भएको आन्दोलनमा प्रहरीसँगको झडप र गोली प्रहारका कारण १७ जनाको मृत्यु भइसकेको छ भने करिब २५० जना घाइते छन्। तीमध्ये गम्भीर घाइतेहरूको अवस्था नाजुक रहेको चिकित्सकहरूले जनाएका छन्।
जनशक्ति अभावका कारण आकस्मिक कक्षमा उपचारमा कठिनाइ भएपछि तत्कालीन व्यवस्थापन स्वरूप शैनीक अस्पतालबाट डाक्टर र नर्सको टोली मगाईएको सिभिल अस्पतालका एक डाक्टरले बताए । सिभिल अस्पतालमा घाईतेको संख्या बढी भएपछि भुईमा राखेर उपचार भईरहेको छ ।
काठमाडौंको सिभिल अस्पतालमा ३, राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै, देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबार प्रदर्शन सुरु गरेका छन् ।
यसैको प्रदर्शनका क्रममा काठमाडौं र सुनसरीमा गरी १९ जनाको मृत्यु भएको बताइएको छ । ३४७ जना घाइते भएका छन् ।
यो पनि पढ्नुहोस्