काठमाडौँ भदौ १ । खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनबाट ११ नेपाली श्रमिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्ला चार दिनमा ११ नेपाली श्रमिकको ज्यान गएको हो भने बिरामी अवस्थाका ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कुवेतको साल्मिया क्षेत्रमा रहेका नेपाली र भारतीयलगायत विभिन्न मुलुकका नागरिकले त्यस्तो मदिरा सेवन गरेको पाइएको छ । कुवेतमा रोजगारीका लागि पुगेका १ लाख ६० हजार नेपाली छन् ।
कुवेतको स्वास्थ्य मन्त्रालयले २३ विदेशी श्रमिकको मदिरा सेवनका कारण मृत्यु भएको जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मिथानोलयुक्त मदिरा सेवनका कारण १ सय ६० श्रमिक बिरामी परेका छन् । मिथानोल उद्योगमा प्रयोग हुने रसायन भए पनि मदिरामा त्यसको प्रयोग गरेको पाइएको हो ।
पीडित सबै एसियाली मुलुकका श्रमिक छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline