अमेरीकाको भर्जिनियामा सडक दुर्घटनामा परी २ जना नेपालीको मृत्यु

अमेरीकाको भर्जिनियामा सडक दुर्घटनामा परी २ जना नेपालीको मृत्यु

  • शनिबार, मंसिर ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली सहरमा सवारी साधन दुर्घटना हुँदा २ जना नेपाली युवकको ज्यान गएको घटनामा चालकलाई पक्राउ गरिएको छ ।

लाउडन काउन्टी शेरिफको कार्यालयले चालकको नाम सार्वजनिक गरेको छ । शेरिफको कार्यालयले मादक पदार्थ सेवन गरि गाडी कुदाउने चालक भर्जिनिया अल्डी शहरका ३० बर्षिय नेपाली मूलका विजय तामाङ भएको जनाएको छ ।

३० वर्षीय तामाङलाई अनैच्छिक हत्या गरेको अभियोग लगाइएको शेरिफको कार्यालयले जनाएको छ ।

भर्जिनियाको स्यानटिलीमा नोभेम्बर २२ शुक्रबारका दिन बिहान तामाङले चलाएको फोर्ड मस्टाङले रुखलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

मस्टाङका चालक तामाङले लाउडन काउन्टी पार्कवे तथा टल सिडार्स पार्कवे नामक सडकको छेउमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलको ठीक दक्षिणमा र पूर्वतर्फ जाँदै गर्दा बिहान करिब १२ः३० बजे दुर्घटना भएको लाउडन काउन्टी शेरिफको कार्यालयले जनाएको छ।

सन् २०२३ मा निर्मित मस्टाङ गाडी सडक मुनि गइ रूखमा ठोक्किएको थियो । यात्रु रहेका दुई जनाको मृत्यु भएको शेरिफको कार्यालयले जनाएको छ । उनीहरुको परिचय खुलाइएको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ