लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने

लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने

  • बुधबार, अशोज १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ । सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ ।

लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी दिएको छ ।

साथै मन्त्रालयले तत्कालै थप कुनै सहयोग तथा जानकारी आवश्यक परेमा लेवनानमा रहेका नेपाली नागरिकहरु तथा उनीहरुका आफन्तहरुले निम्न सम्पर्क नम्बर तथा इमेलमार्फत सम्पर्क गरेको छ ।

१- नेपाली राजदूतावास कायरो, इमेलः eoncairo@mofa.gov.np, सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्धितीय सचिव, फोन: +२०१०९७७७२३४८ (ह्वाट्सएप) ।

२- अवैतनिक नेपाली वाणिज्यदूतावास, बेरुत, इमेलः consul@consulateofnepal.com. सम्पर्क व्यक्तिः मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन: +९६१३३०११८१/ +९६१८१८८३७१३ ।

३- परराष्ट्र मन्त्रालय, काठमाडौं, इमेलः waa@mofa.gov.np, सम्पर्क व्यक्तिः श्रीकृष्ण सिलवाल, शाखा अधिकृत, फोन नं. +९७७- ९८४११७९५२० ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी