रौतहटका युवकको मलेसियामा दुर्घटनामा मृत्यु

रौतहटका युवकको मलेसियामा दुर्घटनामा मृत्यु

  • आइतवार, जेष्ठ २७, २०८१
  • सञ्जय मिश्रा

  • 3.1K
    SHARES

रौतहट २७ जेठ । रौतहटबाट बैदेशिक रोजगारीमा मलेसिया गएका एकजना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ।

रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

मलेसिया स्थित कम्पनीबाट कामसकेर कोठामा फर्किनेकर्ममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ।

मृतकको को शव १० दिनपछी सनिवार साँझ उनको घरमा ल्याएर गएराती अन्तेष्टि गरिएको छ ।

हिन्दू परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको डाहसंस्कार गरिएको कटहरिया ३ कारवडा अध्यक्ष श्यामान्त यादवले बताएका छन।

मलेसियास्थित नेपाली राजदूतावासले उनी कामगर्ने कम्पनीबाट क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।

पछिल्लो एकवर्ष देखि उनी बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी