श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रूसमा म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएर रोजगारीका लागि जान पुनः खुला गर्ने निर्णय गरेको छ।
सचिवस्तरीय निर्णय गर्दै म्यानपावरमार्फत् त्यहाँ श्रमिकहरू जान पाउने व्यवस्था गरिएको हो।
यसअघि नेपालीहरू विभिन्न बहानामा दुबई, भारत हुँदै रूस गई रूसी सेनामा भर्ती भएका र रूस(युक्रेन युद्धमा मृत्यु भएका घटनापछि सबै प्रकारका श्रम स्वीकृति स्थगन गरिएको थियो।
श्रम स्वीकृति रोकिएका कारण रूसबाट बिदामा आएका नेपालीहरू जान नपाउने देखिएपछि यस्तो निर्णय भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline