सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध

सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध

  • बिहिबार, फाल्गुन १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

लिस्बन (पोर्चुगल), १० फागुनः उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ । पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको पहल तथा सक्रियतामा दुई हजार दुई सय ४६ युरो आर्थिक सङ्कलन गरी पीडित मोक्तानलाई सहयोग प्रदान गरिएको हो । स्वीट्जरल्याण्डका नेपाली समुदायसँग सङ्कलन गरिएको उक्त सहयोग रकम मोक्तानको बैंक खातामा पठाइएको तामाङले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी पीडित मोक्तान गत जनवरी १० तारिखका दिन सडक दुर्घटनामा परेकी थिइन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात भाँचिएको छ भने ‘हिप फ्याक्चर’ भई देब्रे खुट्टा नचल्ने भएको छ ।

यसअघि उपचार अभावमा मोक्तान बिचल्लीमा परेको समाचार राष्ट्रिय समाचार समितिमार्फत सम्प्रेषण भएको थियो । पीडित मोक्तानको औषधोपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी