क्यानाडाको ओन्टारियोमा विद्यार्थी सवार कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ।
मंगलबार साँझ भएको उक्त दुर्घटनामा अन्य ८ विद्यार्थी घाइते भएका छन्। मृतक र घाइतेको नाम प्रहरीले सार्वजनिक गरेको छैन। मृतकमध्ये एक युवक र एक युवती रहेका प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकका परिवारलाई पहिले जानकारी दिएर मात्रै आधिकारिक रुपमा मृतकको नाम सार्वजनिक गरिने त्यहाँको प्रहरीले जनाएको छ।
ओभरटेक गर्ने क्रममा तीनवटा कार आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाई छ। दुर्घटनापछि कार चालक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।
घाइते आठ जनामध्ये २ को अवस्था गम्भीर रहेको त्याहाँको प्रहरीले जनाएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline