स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका दुई नेपाली महिलाको आगलागीमा परेर मृत्यु भएको छ।
एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको बताईएको छ । उनीहरु पोखराका आफ्नै दिदी बहिनी हुन् ।
उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा।यज्ञप्रसाद सुवेदीका छोरी हुन्। मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी हुन् ।
एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्यान्डका अध्यक्ष डा.शिव तिवारीका अनुसार एउटै बिल्डिङको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका दिदी बहिनी आत्तिँदै भुईंतलामा झर्ने क्रममा धुवाको मुस्लोमा परेर निस्सासिएर ज्यान गएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline