अब कुनै पनि नेपालीलाई रुस र युक्रेनमा श्रम स्वीकृति दिन रोक

अब कुनै पनि नेपालीलाई रुस र युक्रेनमा श्रम स्वीकृति दिन रोक

  • बिहिबार, पुस १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ । सरकारले रुस र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको छ । वैदेशिक रोजगार विभागले बिहीबार एक सूचना जारी गर्दै ती दुई मुलुकमा भएको युद्ध र त्यसमा नेपाली मारिएको घटना सार्वजनिक भइरहेको प्रसंग उल्लेख गर्दै श्रम स्वीकृति रोकेको हो ।

हाल रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको समाचारहरु विभिन्न समाचार पत्रमा आई रहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिन समेत भईरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ,विभागले जारी गरेको सूचनामा छ ।

नेपालीहरु भिजिट भिषामा पुगेर त्याहाँको सेनामा भर्ती भएर युद्धमा मारिने क्रम बढेपछि सरकारले ती देशहरुमा जान अघोषित प्रतिवन्ध गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी