बालकुमारी घटनापछि कोरीयाको प्रतिकृयाः नेपाल संवेदनशील बन्दै गयो

बालकुमारी घटनापछि कोरीयाको प्रतिकृयाः नेपाल संवेदनशील बन्दै गयो

  • मङ्लबार, पुस १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ । कोरियाले भाषा परीक्षामा देखिएको विवाद नेपाल र कोरियाबीचको प्राविधिक समितिको बैठकले टुंग्याउने जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारी र नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोलीबीच मंगलबार श्रम मन्त्रालयमा भएको भेटमा भाषा विवादलाई टेक्निकल कमिटीको बैठकबाट टुंग्याउने निष्कर्ष निकालिएको हो ।

पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिएका ३२ हजार जनाले पुसको २ देखि ६ गते खुलाइएको उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन हुन नपाएपछि विवाद बढेको थियो । यही विवाद चर्किंदा पुस १३ गते शुक्रबार दुई जना मारिएका थिए ।

कोरियाले नेपाल संवदेनशील बन्दै गएको उल्लेख गर्दै चिन्ता जनाएको छ । ‘स्रोत देशमध्ये नेपाललाई बढी प्राथमिकतामा राखिएको छ । यहाँबाट बढी कामदार लैजाने गर्दा झन नेपाल संवदेनशील बन्दै गयो । कोरियाको मानव संशाधन विभाग र दूतावासका कर्मचारीहरू ‘सुरक्षा थ्रेट’मा परेको छ,’ राजदूत पार्कले बैठकमा भने,‘अहिले देखिएको समस्याको समाधान विस्तारै हुँदै जानेछ ।’ उनले कोरियाको रोजगारीको विषयमा नकारात्मकता बढ्दै गएकोले सकारात्मक व्यवहारको अपेक्षा राखेको बताए ।

श्रम प्रवक्ता राजीव पोखरेलले नेपालले कोरियाको रोजगारी गुमाउन नचाहेको वताए । ‘कोरिया र नेपालबीच कामदार भर्नाको भाषा परीक्षामा देखिएको समस्यालाई समाधान गर्नुपर्छ । अहिले देखिएको समस्याले कोरियाको रोजगारीमा असर आउनु हुँदैन,’ बैठकमा राखिएको विषयबारे जानकारी दिँदै प्रवक्ता पोखरेलले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी