काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर कार्य गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई पक्राउ गरेको छ ।
नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
यस अघि यही प्रकरणमा यसअघि वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शङ्कास्पद कागजात अनुसन्धान गर्ने क्रममा प्रहरीले आर्थिक लाभ लिनका लागि नक्कली कागजात बनाएर पर्यटक भिषामा सर्वसाधारण नेपालीलाई विदेश पठाउने कार्यमा गिरोह संलग्न रहेको पत्ता लगाउन सफल भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline