आज भन्दा करिब डेढ बर्ष अघि मात्र युरोपको सपना बोकेर आफ्नो घर परिवारको सपना लाई पूरा गर्नको लागि रोमनिया पुगेका तेह्रथुमका ३२ बर्षिय पशुराम गिरिको दुर्घटनामा परि निधन भएको छ ।गिरिको भदौ ३० गते बिहान सनिबार डिउटी गरिरहेको अबस्थामा बिपरित दिशाबाट आएको कारले काम गर्दै गरेका गिरिलाई आफै काम गर्दै गरेको गाडी लाई ठक्कर दियको थियो तत्कालनै हस्पिटल लगिएको थियो ।
झन्डै डेढ महिना सम्म कोमामा रहेका गिरिको उपचारको क्रममा कात्तिक १३ गते सोमबार निधन भएको छ ।पोलारिस एम होल्डिङ कोस्टान्टामा कार्यरत गिरि काठमाडौको बानेश्वरमा रहेको बि एम ओभरसिज मेनपावर बाट रोमनिया आएका थिए ।गिरिको आमा बुबा श्रीमती र ९बर्षकि एक छोरी रहेका छन ।
रोमनियामा एम्बेस्सी नभएको कारणले गर्दा शब लाई नेपाल सम्म पुराउनको लागि केही समय लाग्ने छ ।कम्पनीले उक्तशव लाई सबै प्रक्रिया मिलाएर छिटो भन्दा छिटो नेपाल पठाउने तयारी गरिरहेको जानकारी पत्रकार रमेश बस्नेतले बताएका छन।