एनआरएनएको विवाद उत्कर्षमाः आरके शर्माको नेतृत्वमा समानान्तर समितिको घोषणा

एनआरएनएको विवाद उत्कर्षमाः आरके शर्माको नेतृत्वमा समानान्तर समितिको घोषणा

  • आइतवार, कार्तिक ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनअन्तर्गत भएको चुनावी परिणामबाट असन्तुष्ट पक्षले राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा छुट्टै (समानान्तर) समिति घोषणा गरेको छ।

चुनावबाट विजयी घोषित बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा अलग्गै समिति बनाइएको घोषणा गरिएको छ ।

शर्मा नेतृत्वको कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष छन्। त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिदलाई चयन गरिएको छ।

यसैगरी महासचिवमा बुद्धी सागर सुवेदी तथा उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन्। त्यस्तै सचिवमा लोकप्रसाद दाहाल, कृष्णजीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला चयन भएका छन्।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना तथा सहकोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन्।

यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ चयन भएका छन्।

शर्मा पक्षले मत परिणाममा भएको त्रुटिबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी घोषित पक्षले तोडेको आरोप लगाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी