इजरायलबाट नेपाली बिद्यार्थीको उद्धार गरेर आज राति ल्याईदै, नेवानीको जहाजमा परराष्ट्रमन्त्री आफै गए  

इजरायलबाट नेपाली बिद्यार्थीको उद्धार गरेर आज राति ल्याईदै, नेवानीको जहाजमा परराष्ट्रमन्त्री आफै गए  

  • बिहिबार, अशोज २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

काठमाडौँ, असोज २५ गते । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद ईजरायल प्रस्थान गरेका छन् । नेपाल वायुसेवा निगमको जहाज आजै इजरायलबाट बिद्यार्थी लिएर राति ८ : २० बजे काठमाण्डौँमा अवतरण गर्नेछ ।

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको छ । उनले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने बताए। त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ।

नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो। त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थी भने हमासको आक्रमणमा परी मृत्यु भएको र इजरायली अधिकारीहरुले प्रोटोकल पूरा गरेर मात्रै शब पठाउने भनिएपछि शब ल्याउन समय लाग्ने भएको छ । ईजरायलका अधिकारीहरुले शब छुट्याएर आफै पठाईदिने जनाएपछि तत्काल शब ल्याउन कठिन भएको हो ।

हराइरहेका कञ्चनपुरका विपिन जोशीको खोजी कार्यलाई तीव्रता दिएको परराष्ट्रमन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

हाल इजरायलमा २६२ जना विद्यार्थीसहित चार हजार पाँच सय घरेलु श्रमिक कार्यरत छन्। नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना, सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका हुन्। यसरी सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी इजरायलको दक्षिणी क्षेत्र किबुजमा रहेका थिए । त्यसमध्ये १० जनाको मृत्यु भएको हो ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी