काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा आज दोस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारी राखेका छन् ।
काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । बुधवारबाट शुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने चेतावनी उनीहरुले दिएका छन् । यसले देशभरका सामुदायिक विद्यालयहरु बन्द हुँदा ७० लाख बढी बिद्यार्थी पढाईबाट बञ्चित भएका छन् ।
संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । शिक्षकहरुले शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने नारा समेत लगाईरहेका छन् ।
आज गहृमन्त्री र शिक्षा मन्त्रीसँग भएको वार्ता निष्कर्षमा नपुगेपछि आन्दोलन जारी राखिएको हो ।