भारतको चार दिने भ्रमण गरेका प्रधानमन्त्री प्रचण्ड चीनमा आठ दिन रहने, के के छन् कार्यक्रम ?

भारतको चार दिने भ्रमण गरेका प्रधानमन्त्री प्रचण्ड चीनमा आठ दिन रहने, के के छन् कार्यक्रम ?

  • बिहिबार, अशोज ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा तेस्रो पटक चीनको लामो भ्रमणमा जान लागेका छन् ।

असोज ६ गते चीन पुग्ने प्रधानमन्त्री प्रचण्ड १३ गते सम्म चीनमा रहने छन् । उनी अमेरीकाबाट भोली चीन तर्फ लाग्नेछन् ।हाल अमेरिकाको भ्रमणमा रहेका प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाबाट चीन प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ तथा अन्य वरिष्ठ सरकारी अधिकारी र व्यापारी समुदायका प्रतिनिधिहरु रहने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हाङ्झाउमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै उनले आफ्ना समकक्षी प्रधानमन्त्री लीसँग द्विपक्षीय भेटवार्ता बेईजिङमा गर्नेछन् ।

यस्तै बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता तय भएको मन्त्रालयले जनाएको छ । यस्तै प्रधानमन्त्रीले बेइजिङस्थित नेपाली दूतावासमा आयोजना गरिएको चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै प्रधानमन्त्री सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमणमा जाने पनि कार्यक्रम बनेको छ । यस्तै उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् ।

यस भ्रमणमा व्यापार, उर्जा, पूर्वाधार निर्माण, पारवहन लगायतका विविध विषयमा छलफल र समझदारी हुनेछ । यस अघि गत जेठ १७ गतेदेखि २० गते सम्म चार दिने भारत भ्रमण गरेका प्रधानमन्त्री चीनमा आठ दिने रहनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ