सरकार र शिक्षकबीच वार्ताका छलफल, पढाई नरोक्न गृहमन्त्रीको आग्रह

सरकार र शिक्षकबीच वार्ताका छलफल, पढाई नरोक्न गृहमन्त्रीको आग्रह

  • बिहिबार, अशोज ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

संसद्‌मा दर्ता शिक्षा विधेयकविरुद्ध काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ताका लागि छलफल भएको छ ।

आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान गृहमन्त्रीकै कार्यकक्षमा वार्ता भएको हो।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री अशोक राई र शिक्षा सचिव सुरेश अधिकारी सहभागी भएका थिए भने आन्दोलनरत पक्षबाट नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरसहित नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए।

वार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले सकारात्मक माग सम्बोधन हुने विश्वास दिलाउँदै शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए।

आन्दोलनरत शिक्षकका तर्फबाट नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष कमला तुलाधार, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधि सहभागी थिए।

हिजोदेखि शिक्षकहरुले काठमाण्डौँ केन्द्रीत आन्दोलन शुरु गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी