काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका छन् । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दा देशभरका हजारौं शिक्षकहरुको सहभागिता रह्यो । विद्यार्थीलाई शिक्षा प्रदान गर्ने मुख्य निकायनै आन्दोलनमा होमिएपछी देशभरका हजारौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
देशभर ३० हजार बढी सरकारी बिद्यालय बन्द हुँदा ७० लाख बढी बिद्यार्थी पठन पाठनबाट बञ्चित बनेका हुन् ।
सरकारले वार्ता गर्ने भने पनि उनीहरु वार्तामा बस्न तयार भएका छैनन् । देशभरबाट राजधानी आइपुगेका हजारौं शिक्षकहरुको भेलाले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर सम्मको सडकमा प्रदर्शन गरेको थियो ।
सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रेका हजारौं शिक्षकहरुले सरकारविरुद्ध चर्को नारा लगाउँदै प्रदर्शन गरेका छन् ।