संविधान कार्यन्वयन गर्न मन, बचन र कर्मले लागि पर्न राष्ट्रपतिको आव्हान्

संविधान कार्यन्वयन गर्न मन, बचन र कर्मले लागि पर्न राष्ट्रपतिको आव्हान्

  • बुधबार, अशोज ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आव्हान गरेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्षमा आज बुधबार स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानको कार्यान्वयनमार्फत नागरिकको हक, हित र मुलुकको समृद्धि हासिल गर्न सकियोस भनी कामना गरेका छन् ।

उनले सात दशक लामो जनताको आन्दोलन, त्याग र बलिदानबाट नेपालको संविधान जारी भएर आठ वर्ष पूरा भएको भन्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।

शन्देशमा राष्ट्रपति पौडेलले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी स्वदेशमै उद्योग, उत्पादन, रोजगारी बढाएर आफ्नै गाउँठाउँ र देशमा बस्ने वातावरणसहित राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको भन्दै श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आवद्ध गरेको पनि उल्लेख गरेका छन् ।

देश सामु विद्यमान चुनौती र जिम्मेवारीलाई पूरा गर्न विशेषतः राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनु पर्नेमा राष्ट्रपतिको जोड छ ।जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारीहरू तथा राजनीतिक दलका नेता कार्यकर्ताहरूले लोकतन्त्रमा जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउन सके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने राष्ट्रपतिको शन्देशमा उल्लेख छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ