यो सरकार अहिले तत्काल ढल्दैन, बरु पाँचै बर्ष प्रचण्डकै नेतृत्वमा चल्न सक्छ : शसांक कोईराला

यो सरकार अहिले तत्काल ढल्दैन, बरु पाँचै बर्ष प्रचण्डकै नेतृत्वमा चल्न सक्छ : शसांक कोईराला

  • आइतवार, भदौ ३१, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

चितवन, ३१ भदौ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् । आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै कोईरालाले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

काँग्रेस भित्रै शेखर गगन समुहले सरकार फेर्न कोशिस गरीरहेका बेला महामन्त्रीको यो भनाई आएको हो ।

“मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ ।” सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै कोईरालाले स्थायित्वले मात्रै देशको विकास सम्भव रहेको बताए । पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने कोईरालाले स्पष्ट पारे ।

प्रचण्ड असाधारण व्यक्ति भएको पनि कोईरालाको जिकिर छ ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले प्रचण्ड साधारण व्यक्ति नभएको उनको भनाइ छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे ।

उनले भने, “कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलीराखेको छ भइहाल्यो, मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो ।”

“इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ”, उनले भने।

पछिल्लो समय नेताहरुको कमजोरीका कारण नयाँ शक्तिको उदय भएको उनले भने । अब नेतृत्व सच्चिँदै युवा पुस्तालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ