काठमाडौं, भदौ ३० । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गरी आफ्नो अमेरीका र चीन भ्रमणबारे अवगत गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र सङ्घको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्दैछन् । अमेरीकामा सँयुक्त राष्ट्रसंघको महासभालाई संवोधन गरेपछि असोज ५ गते प्रधानमन्त्री उतैबाट चीन प्रस्थान गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline