शान्ति प्रकृयाको बाँकी काम टुंगो लगाउन अन्तराष्ट्रिय समुदायलाई सहयोगका लागि अपील गरिनेछ : प्रधानमन्त्री

शान्ति प्रकृयाको बाँकी काम टुंगो लगाउन अन्तराष्ट्रिय समुदायलाई सहयोगका लागि अपील गरिनेछ : प्रधानमन्त्री

  • शनिबार, भदौ ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

भदौ ३० काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले सँयुक्त राष्ट्रसंघको महासभामा गएर आफूले अन्तराष्ट्रिय समुदायलाई नेपालको शान्ति प्रकृयालाई टुंग्याउन सहयोग पुर्याउन अपील गर्ने बताएका छन् ।

आज पार्टी कार्यलयमा आयोजित पोष्ट बहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रकृया विश्वकै लागि उदाहरणीय भएको भन्दै यसको बाँकी काम टुंगो लगाउन सहयोगको अपील गर्नु पर्ने बताए ।

त्यसै गरी जलवायु परिवर्तनका कारण परेको असरले नेपाललाई मात्रै हैन भविष्यमा मानवजातिलाई नै संकट पर्ने अवस्था आउन सक्ने खतरा रहेको भन्दै त्यसका बारेमा पनि गंभीर रुपले ध्यानाकर्षित गर्न पनि आफू महासभामा जान लागेको उनले बताए ।

साथै ४७ वटा अति कम विकसित देशहरुको प्रतिनिधित्व गर्दै विकास र विकासको मोडलका बारेमा पनि ध्यानाकर्षित गर्नु पर्ने भएकाले पनि आफू त्यता जान लागेको प्रचण्डको भनाई छ ।

यसै गरी छिमेकी देश चीनको भ्रमणमा नयाँ नाका खोल्ने, कृषि, जडिबुटी, उर्जा, पूर्वाधार जस्ता विषयमा महत्वपूर्ण छलफल र समझदारी हुने पनि प्रधानमन्त्रीले विस्वास व्यक्त गरेका छन् । असोज ५ मा प्रधानमन्त्री न्यूयोर्कबाट चीन जाने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ