२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई हाङजाओमै भेटवार्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर ५ असोजमा न्यूयोर्कबाटै चीन जाने कार्यक्रम छ ।
आफ्नो भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्रीले आफ्र प्रधानमन्त्रीका हैसियतमा तेस्रो पटक चीन जान लागेको र यो भ्रमणले दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने विस्वास व्यक्त गरे । समय तालिका छोटो भएका कारणले आफू न्यूयोर्कबाट चीन जान लागेको उनले स्पष्ट पारे ।
चिनियाँ राष्ट्रपति शीसँग प्रधानमन्त्रीको हाङजाओमै भेटवार्ता हुनेछ । लगतै उनी १९औं एसियन्स गेम्सको उद्घाटन समारोहमा पनि सहभागी हुनेछन् । साथै उनी तिव्वत पुगेर त्याहाँका पदाधीकारीसँग भेटवार्ता गरेपछि नेपाल फर्कने कार्यक्रम छ ।
२५ सेप्टेम्बरमा आफ्ना चिनियाँ समकक्षीसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
साथै चीनको कृषि प्रतिष्ठान लगायतका क्षेत्रको अवलोकन भ्रमण समेत प्रधानमन्त्रीले गर्ने छन् । नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, श्वास्थ्य, शिक्षा आदि क्षेत्रमा चीनबाट हुन सक्ने सहयोगको बिषय, दुई देशको सीमा नाका खोल्ने लगायतका विषयमा पनि यो भ्रमणमा छलफल हुने प्रधानमन्त्रीले विस्वास व्यक्त गरे ।
आफ्नो भ्रमणपछि चीनसँग आपसी सहयोग र सम्बन्ध अझ बलियो हुने पनि प्रधानमन्त्रीले विस्वास दिलाए ।