प्रधानमन्त्रीले अमेरीका भ्रमणमा जान लागेको १९ जनाको नाम कटाईदिए, अब ५ जनाको सानो टोली मात्र जाने

प्रधानमन्त्रीले अमेरीका भ्रमणमा जान लागेको १९ जनाको नाम कटाईदिए, अब ५ जनाको सानो टोली मात्र जाने

  • सोमवार, भदौ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

भदौ २५ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन्। प्रधानमन्त्रीले मुख्यसचिव बैकुण्ठ अर्याललाई यो निर्देशन दिएपछि अब मंगलबारको मन्त्रीपरिषद् बैठकले यस अघि भ्रमण टोलीमा रहेका २४ जना मध्य १९ जनाको नाम कटाएर ५ जना मात्रै टोलीमा राखिनेछ ।

प्रधानमन्त्रीसँग अब एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । देशको अर्थतन्त्र पूर्ण सुधार हुन नसकेको र अनावस्यक भ्रमणमा खर्च गर्न नहुने भन्दै प्रधानमन्त्रीले भ्रमण टोलीको संख्या सानो बनाउन लगाएका हुन् ।

यसअघि प्रधानमन्त्री कार्यालयको कोटाबाट २४ जनालाई अमेरिका पठाउने निर्णय भएको थियो। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन्।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्।

अमेरीका भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड सोझै चीन जाने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ