गाउँमा पुगेर जनताका समस्या सुन्दै मन्त्री मास्की

गाउँमा पुगेर जनताका समस्या सुन्दै मन्त्री मास्की

  • आइतवार, भदौ २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

तुलसीपुर, २४ भदौ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की गाउँ–गाउँमा पुगेर जनताका समस्या हुने गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पुगेर त्यहाँका हरेक समस्या बुझ्ने गरेका छन् । माओवादी केन्द्रको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत मास्की गाउँमा पुगेर समस्या सुन्ने र समाधान तर्फ ध्यान दिने गरेका छन् ।

शनिबार शान्तिनगर गाउँपालिका वडा नं. ५ र ६ का जनता, पार्टी नेता,कार्यकर्ता तथा शहीद परिवारसंग भेटघाट गरेर उनीहरुका समस्या सुनेका हुन् । त्यस्तै सोही दिन दंगीशरण गाउँपालिका वडा नं.१ को गोल्टाकुरीमा त्यहाँका जनताका समस्या सुन्नुकासाथै १० जनालाई पार्टी प्रवेश पनि गराएका छन् ।
आफूले प्रदेश सरकारको अर्थमन्त्री हँुँदा पश्चिम क्षेत्रमा इतिहासमै पहिलो पटक धेरै बजेट आएको भन्दै त्यसमा सहयोग गर्न सबैमा अपिल गरे ।

पश्चिम दाङलाई कर्णाली नभई समृद्ध दाङ बनाउने भन्दै त्यसमा पश्चिम दाङका जनतालाई साथ दिन अपिल समेत गरे । त्यस्तै तुलसीपुर १० मा पनि पुगेर त्यहाँ आफूले ल्याएका विकासे योजना र जनताका समस्या सुनेका थिए । त्यस अवसरमा पश्चिम दाङमा आएको बजेट कार्यान्वयन गरि विसकित पश्चिम दाङ बनाउन सुझाब दिएका थिए । दाङ ३(२) बाट निर्वाचित मास्कीले आफ्नो निर्वाचन क्षेत्रका जनतासंग भेटघाटलाई तिब्रता दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ