भदौ २२ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले समृद्धि र सुसानको लक्ष्य मार्ग हासिल गर्न कर्मचारी प्रशासनले पनि सोही अनुरुप काम गर्न निर्देशन दिएका छन् ।
आज निजामति कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रममा संवोधन गर्दै प्रधानमन्त्रीले तीनै तहमा समन्वय बलियो बनाउदै प्रशासनिक संघीयता बलियो बनाउन पनि आग्रह गरे ।
उनले नेपालको निजामति प्रशासनलाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धी, प्रविधिमैत्री र सवा प्रवाहमा अब्बल हुनु पर्ने र त्यसको लागि राजनीतिक उत्प्रेरणाको आवस्यकता रहेकोमा जोड दिए ।
राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने प्रधानमन्त्रीले उद्घोष गरे । निजामति प्रशासनलाई सबल बनाउन ल्याईएको बिधेयकमा ट्रेड युनियनहरुको अधिकारमाथि हस्तक्षेप नभएको प्रधानमन्त्रीले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline