कोशीमा फेरी सर्वोच्चले पदमुक्त गर्यो मुख्यमन्त्री थापालाई, हिकमत कार्की मुख्यमन्त्री बन्ने

कोशीमा फेरी सर्वोच्चले पदमुक्त गर्यो मुख्यमन्त्री थापालाई, हिकमत कार्की मुख्यमन्त्री बन्ने

  • बिहिबार, भदौ २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्। निवेदक हिक्मत कार्कीको माग बमोजिम आदेश जारी गर्दै सर्वोच्च अदालतले थापालाई पदमुक्त गरेको हो।

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसले तीन दिनको सुनुवाइपछि यस्तो आदेश दिएको हो। कोशीका मुख्यमन्त्री थापाले सभाध्यक्ष भूमिका निर्वाह गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीसहितको मतबाट बहुमत पु¥याएपछि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

जसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाइएको थियो।

गत भदौ ४ गते थापाले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिँदा संविधानको उल्लंघन भएको भन्दै एमाले दोस्रोपटक सर्वोच्च पुगेको हो।

यता, मुख्यमन्त्री थापा पक्षले भने उपसभामुख सिर्जना दनुवार बैठक बोलाएर काठमाडौं गएर आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाएको छ। एमालेले आफ्नो ज्येष्ठ सांसदहरूलाई समेत बैठकमा अनुपस्थित गराएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ