काँग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा सांघातिक आक्रमण

काँग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा सांघातिक आक्रमण

  • बुधबार, भदौ २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव महेन्द्र यादवमाथि खुकुरी प्रहार गरी सांघातिक आक्रमण भएको छ । टाउको र गर्दनमा खुकुरी प्रहारबाट चोट लागेकाले उनको ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै सहमहामन्त्री यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो ।

कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार काठमाडौंको भृकुटीमण्डपमा सांघातिक हमला भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्यामबहादुर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरि आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

रिपोर्टस क्लबमा बोलेर निस्कने क्रममा उनीमाथि पछाडीबाट सापकोटाले खुकुरी हानेका थिए । सापकोटालाई प्रहरीले खुकुरी सहित नियन्त्रणमा लिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ