एमाले लुम्विनी प्रदेशको अध्यक्षमा निर्वाचन हुने, दुई जनाले दर्ता गराए उम्मेद्धारी

एमाले लुम्विनी प्रदेशको अध्यक्षमा निर्वाचन हुने, दुई जनाले दर्ता गराए उम्मेद्धारी

  • सोमवार, भदौ १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जारी एमाले प्रथम लुम्बिनी अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय कमिटी सदस्य हरि रिजालले उम्मेदवारी दर्ता गराएका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । यस्तै रिजालको प्रस्तावकमा विजयबिराज विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।

दुई पक्षबीच सर्वसहमतिका लागि लामो प्रयास भएपनि सहमति नभएपछि दुई जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । एमाले लुम्बिनी प्रदेश विभाग प्रमुख डीआर घिमिरेले अध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

कँडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट हुन भने रिजाल महासचिव शंकर पोखरेल निकट रहेका छन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ