भदौ १७ काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिका मेयर बालेन्द्र शाहले राति अराजक स्टाटस लेख्नुको कारण आफ्नो श्रीमती चढेको गाडी चेकजाँच गरेका कारण रहेको खुलेको छ ।
राति साढे ८ बजेतिर मेयर बालेनकी श्रीमती चढेर आएको महानगरको गाडी ट्राफिक प्रहरीले रोकेर विदाको दिनमा चल्दा पास चाहिने भन्दै पास भए नभएको सोधखोज गरेर गाडी केही बेर रोकिदिएको आक्रोशमा बालेनले यो स्टाटस लेखेको बुझिएको छ ।
ट्राफिक प्रहरीले बालेनको श्रीमती सवार त्यो पनि सरकारी गाडी रोकेर सोधखोज गर्नै नपाउने होर ? भन्ने प्रश्न खडा भएको छ ।
काम राम्रो गरेको भनेर लोकप्रियता कमाएका बालेनले पटक पटक अराजक स्टाटस लेख्ने गरेका छन् ।
उनले सिंहदरबारै आगो लगाउछु याद राख चोर सरकार भन्दै धम्कीपूर्ण स्टाटस राति लेखेपछि अहिले उनको आलोचना भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline