माओवादी अभियानः चन्द्रागिरी घट्टेडाँडामा प्रचण्डले शुरुमा फलफुलका बिरुवा रोप्ने, त्यसपछि जनतासँग छलफल गर्ने

माओवादी अभियानः चन्द्रागिरी घट्टेडाँडामा प्रचण्डले शुरुमा फलफुलका बिरुवा रोप्ने, त्यसपछि जनतासँग छलफल गर्ने

  • शनिबार, भदौ १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

भदौ २० काठमाण्डौँ । माओवादीले आजबाट देशव्यापी रुपमा माओवादी बिशेष रुपान्तरण अभियान शुरु गरेको छ । यस क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पेरिसडाँडाबाट भर्चुअल रुपमा ७ हजार ७४३ वडामा एकसाथ उद्घाटन गरेका छन् ।

त्यसपछि संवोधन गर्दै यो अभियानले जनतासँग घर घरमा जाने, आत्मालोचित हुने र सुध्रिने सन्देश दिँदै सम्बन्ध सुदृढ गर्ने उनले उद्घोष गरेका छन् ।

प्रचण्ड आफै सात प्रदेशका सात वटा वडामा जाने कार्यक्रम यस अघि घोषणा भएको थियो । जस अनुसार आज प्रधानमन्त्री प्रचण्ड काठमाण्डौँ चन्द्रागिरी वडा नं २ घट्टेडाँडामा जाँदैछन् ।

त्याहाँ उनले शुरुमा एभोकाडो सहित फलफुलका बिरुवा रोप्ने र त्यसपछि जनतासँग अन्तरक्रिया गर्ने प्रचण्डको सचिवालयले जनाएको छ । उनी १ बजेपछि त्याहाँ पुग्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ