भदौ १६ काठमाण्डौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको उद्घाटन गरेका छन् । देशभरका सबै वडाहरुमा पार्टी कार्यलय पेरिसडाँडाबाट एकै साथ भर्चुअल संवोधन गर्दै प्रचण्डले जनतालाई घर दैलोमा आउने, आत्मालोचित हुने र कमजोरी सुधार्ने भन्दै देशको समृद्धि र रुपान्तरण माओवादीको नेतृत्वमा मात्रै संभव भएको बताएका छन् ।
सरकारले गरेका राम्रा कामको प्रचार गर्दै जनतामा भएका असन्तुष्टी , गुनासा सुन्दै सुझाव लिएर उत्पादन र श्रमसँग जोडिदै परिचालित हुन कार्यकर्तालाई निर्देशन पनि प्रचण्डले दिएका छन् ।
यो अभियानले समाजवादी क्रान्तिको आधार तयार पार्ने र अभियानले सरकारको कदमलाई पनि बल मिल्ने प्रधानमन्त्रीले विस्वास व्यक्त गरेका छन् ।
यो अभियानले राजनीतिक प्रणालीप्रति जनतामा गुम्दै गएको विस्वास फर्काउने विस्वास व्यक्त गर्दै अब पार्टीलाई देशकै भरोसा योग्य र बलियो पार्टी बनाउने प्रचण्डले विस्वास व्यक्त गरे ।
आजको दिन पार्टी र देशको लागि नेपाली समाजको रुपान्तरण र क्रान्तिको अग्रदस्ता बनाई छाड्ने ऐतिहासिक दिन भएको भन्दै उनले जनसम्बन्ध कमजोर हुँदै गएको संकटलाई चिरेर अघि बढ्ने बताए ।
“नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको पुनर्गठन गर्ने र जनताको सपनालाई एकाकार गर्ने, साधारण नेतृत्वले पार्टी बनाउछ , तर बिशेष नेतृत्वले नयाँ युग निर्माण गर्दछ । आफैलाई रुपान्तरण गर्नु पर्नेछ । ”
प्रचण्डले आफ्नो जीवन संघर्ष र आन्दोलनभन्दा पर नरहेको भन्दै देश र जनताको निम्ती अन्तिम सम्म योगदान गर्ने बाहेक अर्को उदेश्य म आफूसँग नरहेको बताए ।
जनताको सपना र अपेक्षा पूरा गर्न माओवादी निरन्तर गतिशील र क्रियाशील रहने उनले स्पष्ट पारे ।