जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान आजदेखि , प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट ६७४३ वडामा एकसाथ उद्घाटन गर्ने

जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान आजदेखि , प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट ६७४३ वडामा एकसाथ उद्घाटन गर्ने

प्रचण्ड आज चन्द्रागिरीको वडामा पनि जाने

  • शनिबार, भदौ १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ भदौ १६। नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु हुँदैछ । समाजवादी क्रान्तिको आधार निर्माण गर्ने ऐतिहासिक अभियानको रुपमा प्रचण्डले यसलाई ब्याख्या गरेका छन् ।

अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गर्ने छन् । प्रधानमन्त्री प्रचण्डले बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट उद्घाटन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उद्घाटनपछि दिउँसो १ बजे प्रधानमन्त्री प्रचण्ड चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् ।

अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेका छन् । सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुनेछ । वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन गरिनेछ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका नै बनाइएको छ ।
यस अभियानको क्रममा पार्टी सदस्य, शहीद वेपत्ता घाईते परिवार, समर्थक र मतदाता मात्र हैन बिरोधीको घरमा पुगेर समेत भेटघाट गर्ने र अभियानभर २५ लाख मतदातासँग भेटघाट र छलफल गर्ने लक्ष्य अभियानले निर्धारण गरेको छ ।

माओवादीमा सात प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीन वटा गैर भौगोलिक प्रदेश छन् । प्रवासमा ६ वटा क्षेत्रमध्ये दक्षिण एसियाका नेता तथा कार्यकर्ता आ–आफ्नै वडामा पुगेर अभियानमा सहभागी हुने र बाँकी क्षेत्रका व्यक्तिहरूले आर्थिक सङ्कलन गरी अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू उपत्यकाका अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ ।

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान थालिनेछ ।

परिपत्रअनुसार प्रदेश इन्चार्जहरूले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ । अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै स्थायी समिति सदस्य नरहेका प्रदेशहरूमा वा स्थायी समिति सदस्यहरू भए पनि केही वरिष्ठ केन्द्रीय सदस्यहरू समेत समावेश गर्नुपर्ने आवश्यकता देखिएमा सोही अनुसार समावेश गरी अभियान सञ्चालन सचिवालय गठन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

अभियान सञ्चालन सचिवालयमा प्रदेश सभाका दल नेताहरू नपरेमा, दल नेताहरूलाई आमन्त्रित गर्ने व्यवस्था गरिएको छ ।

अभियानमा सम्पूर्ण जनवर्गीय संगठन मोर्चाहरूलाई परिचालन गर्नका लागि जनवर्गीय संगठन मोर्चाहरूको प्रकृति अनुसार पदाधिकारीको नेतृत्वमा संयोजन समिति बनाएर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी तीन महिने अभियानलाई वडा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । वडा केन्द्रित अभियानको नेतृत्व केन्द्रीय सदस्यरआयोग सदस्यरसल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछ ।

पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको छ । अभियान टोलीमा सोही क्षेत्रमा खटिरहेका पार्टी कमिटीका नेताहरू, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरू, सोही क्षेत्रका जनवर्गीय संगठन मोर्चाका सदस्यहरू सहभागी हुने व्यवस्था गरिएको छ ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको अभियानको लागि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त टोलीले अभियान सञ्चालन गर्नेछ ।

१. नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्‍याउने गरी पार्टी र जवस–मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने ।

२. कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने ।

३. आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरूले कम्तीमा १–१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने । संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिस बमोजिम ७ वटै प्रदेशमा एक–एक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने लगायतको लक्ष्य तोकिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ