मेरै टाउकोमा ३६ वटा भन्दा बढी मुद्धा छन्, अहिले राम्रो काम गर्दा गर्दै पनि मुद्धा हालेका हाल्यै छन् : प्रधानमन्त्री ( भिडियो सहित )

मेरै टाउकोमा ३६ वटा भन्दा बढी मुद्धा छन्, अहिले राम्रो काम गर्दा गर्दै पनि मुद्धा हालेका हाल्यै छन् : प्रधानमन्त्री ( भिडियो सहित )

  • मङ्लबार, भदौ १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

भदौ १२ काठमाण्डौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी कमजोर बन्दा प्रतिकृयावादीहरुको हमला बढेको, परिवर्तन उल्ट्याउने र देशलाई दुर्घटनामा लैजाने खतरा रहेको भन्दै फेरी जनतालाई जागरुक पारेर आन्दोलनको रक्षा गर्नु पर्ने बताएका छन् ।

आज राष्ट्रिय सभामा उपत्यका बिशेष प्रदेशका कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै प्रधानमन्त्रीले अहिले आफू प्रधानमन्त्री भएर राम्रो काम गर्दा गर्दै पनि निरन्तर मुद्धा हाल्न थालिएको भन्दै जनयुद्धकालकै ३६ वटा मुद्धा अझै आफ्नो टाउकोमा रहेको खुलाए ।

पहिला जनयुद्ध शुरु गर्दा सानो टिमले गाँउ गाँउबाट शुरु गरेको भन्दै अहिलेको समाजवादी क्रान्तिको शुरुवात माथिबाट र खास गरी आफ्नो नेतृत्वमा सरकार र पार्टी सबै तिरबाट एउटा युद्धको शुरुवात भएको भन्दै मैदानमा उत्रन कार्यकर्तालाई अपील गरे ।

तीन महिने अभियानमा जनता, समर्थक मात्र हैन विरोधीको समेत घर घरमा पुगेर छलफल गर्न निर्देशन दिँदै प्रचण्डले तीन महिनापछि पार्टी शक्तिशाली हुने दावी गरे ।

प्रचण्डले माओवादी कमजोर हुँदा प्रतिकृयावादी सलबलाएको र टाउको निहुराएर हिँड्नु पर्ने जस्तो अवस्था बनेको भन्दै पार्टी जुर्मुराएपछि प्रतिकृयावादी सेलाउने दावी गरे । अहिलेको गठबन्धन पाँचै बर्ष टिक्ने विस्वास रहेको उनको भनाई छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ