भदौ १२ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आज संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने भएका छन् ।
बिहान ११ बजे बस्ने बैठकमा सांसदहरुले यस अघि नै टिपाईसकेका लिखित प्रश्नहरुको जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले यस अघि देखि सांसदहरुको प्रश्नको जवाफ दिने कार्यक्रम शुरु गरेका थिए ।
सांसदहरुले भदौ ८ गते भित्रै प्रश्नहरु टिपाईसकेका छन् । यस बाहेक आजको बैठकमा कानुनमन्त्री धनराज गुरुगंले नेपाल ऐनलाई शंसोधन गर्न बनेको बिधेयक पनि पेश गर्नेछन् ।
साउन १९ गतेदेखि एमालेले अवरुद्ध पारेको संसद बैठक भदौ ६ पछि शुरु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline