काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको दाबीसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनवाइ हुने भएको छ ।
सभाध्यक्षको मतसहित विश्वासको मत लिएपछि एमाले उक्त निर्णय खारेजीसहित एमाले नेतृत्वमा सरकार गठनका लागि परमादेश माग्दै सर्वोच्च गएको हो ।
मुख्यमन्त्री थापाले संविधान र प्रचलित कानून विपरीत सभाध्यक्ष रहेका इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको एमालेको जिकिर छ । यसअघि पनि तत्कालिन सभामुख बाबुराम गौतमको मत समेत जोडेर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्च अदालतले त्यसलाई उल्ट्याईदिएपछि सभामुखबाट गौतमलाई राजीनामा गराएर थापा पुनः मूख्यमन्त्री बनेकी हुन् । कोशी प्रदेशसभाको अधिवेशन बुधबार रातीदेखि अन्त्य गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline